त्रिभुवन विमानस्थलको नाफा पाँच अर्ब, पोखराको ३ करोड

काठमाण्डौ, १५ भाद्र २०७५ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत आवमा रु ५ अर्ब ८१ करोड ७६ हजार नाफा कमाएको छ । पोखरा नागरिक उड्डयन कार्यालयले रु ३ करोड ६२ लाख ७७ हजार, गौतमबुद्ध विमानस्थलले रु १ करोड ३२ लाख १३ हजार, तेन्जिङ हिलारी विमानस्थलले रु ८९ लाख ७५ हजार, भरतपुर विमानस्थलले रु ६९ लाख ११ हजार, सिमीकोट विमानस्थलले रु ३ लाख ९७ हजार तथा नेपालगञ्ज विमानस्थलले रु ३ लाख ९६ हजार नाफा गरेको छ ।

मुलुकभर ५६ विमानस्थलमध्ये ३६ सञ्चालनमा छन् । तीमध्ये २९ विमानस्थल कालोपत्र गरिएको छ । गत आवमा भद्रपुर, विराटनगर, जनकपुर, धनगढीजस्ता क्षेत्रीय विमानस्थल घाटामा रहेका थिए ।

 

  • 113Read This News:
  • 404562Total reads:
  • 218035Total visitors: