१४ वर्षमा चाइना थ्री जर्जेजले गर्यो १० खर्ब किलोवाट जलविद्युत उत्पादन

चीन, १८ फागुन २०७३ । जलबिद्युत उत्पादन गर्नमा विश्वको सबैभन्दा बिशाल र ख्याति प्राप्त कम्पनी थ्री जर्जेजले आफ्नो स्थापनाकालको चौध वर्षमा दश खर्ब किलोवाट ( 1 TKWH) जलबिद्युत उत्पादन गसिकेको जनाइएको छ ।

सन् १९९३ मा चीनमा स्थापना भएको चाइना थ्री जर्जेज् कर्पोरेसनले विश्वका बिभिन्न मुलुकका जलबिद्युत उत्पादन परियोजना सञ्चालन गरी आजका मितिसम्म दश खर्ब किलोवाट जलविद्युत उत्पादन, वितरण र ब्यवस्थापन गरिसकेको दाबी गरेको छ ।

यसैगरी, थ्री जर्जेज् कर्पोरेसनले विश्वभरी इन्धनीय कोइला ९स्टान्डार्ड कोल० खपतमा करिब ३२ करोड टनले कमी गराएको तथा बिषाक्त ग्याँसहरुः कार्बनडायअक्साइड – ८५ करोड ८० लाख टन तथा सल्फरडायअक्साइड – ९० लाख टन विश्व बायुमण्डलमा उत्सर्जन हुनबाट जोगाएको पनि सो कम्पनीले प्रेस बिज्ञप्ति मार्फत् दावी गरेको छ ।

हाल थ्री जर्जेज् कर्पोरेसनको स्वामीत्वमा जल नियन्त्रण गर्न सक्ने बहू–उद्देश्यीय प्रणालीयुक्त एउटा बिशाल बाँध, एकै पटकमा सात लाख किलोवाट जलबिद्युत उत्पादन गर्न सक्ने बत्तीस वटा हाइड्रो पावर टर्बो जेनरेटर, एउटा भीमकाय पाँचतले पानीजहाज र एउटा बिशाल शिपलिफ्ट यन्त्र छन् ।

बिश्वमा ठूलठूला नदीमा आउने बाढी नियन्त्रण गर्नमा, अति ठूलो परिमाणमा जलबिद्युत उत्पादन गर्नमा तथा ठूला नदीहरुमा चल्ने पानीजहाजको यातायात ब्यबस्थापन वा नियमितिकरण गर्नमा थ्री जर्जेजले हात हालेका परियोजनाहरुले राम्रो ख्याति आर्जन गरिरहेका छन् ।

जलबिद्युत उत्पादनमा थ्री जर्जेजको कूल वार्षिक क्षमता ८८ अर्ब २० करोड किलोवाट रहेको र प्रत्येक युनिटले बार्षिक दुई करोड पच्चीस लाख किलोवाटसम्म जलविद्युत उत्पादन गर्न सक्ने हाइड्रो–पावर प्लान्ट जडान र सञ्चालन गर्ने क्षमता यस कर्पोरेशनसँग रहेको समेत दाबी गरिएको छ ।

 

  • 48Read This News:
  • 482753Total reads:
  • 289021Total visitors: