७.३ म्याग्निच्युडको विनासकारी भूकम्पका कारण ३९५ इरानीको मृत्यु, २० गाउँ ध्वस्त

At least 164 people were killed and 1,600 more injured when a 7.3-magnitude earthquake shook the mountainous Iran-Iraq border triggering landslides that were hindering rescue effort.

इरान, २८ कात्तिक २०७४ । इरान र इराकमा आइतबार आएको भूकम्पमा परी कम्तीमा ३ सय ९५ जना इरानीको मृत्यु भएको सरकारी टेलिभिजनले सोमबार जनाएको छ ।

इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरूले जनाएका छन् । उक्त क्षेत्रका साथै कुवेतमा पनि भूकम्पको धक्का महसुस भएको अधिकारीहरूले जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ । इरानको इतिहासका धेरै शक्तिशाली भूकम्पमा यो पनि शक्तिशाली भूकम्प रहेको प्राप्त समाचारमा जनाइएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धारका काममा खटिरहेको उद्धारकर्मी र अधिकारीहरूले सञ्चारमाध्यमलाई बताएअनुसार मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने जनाइएको छ ।

भूकम्पले कैयौँ घर भत्किएका छन् । भत्किएका भवनको भग्नावशेषबाट केहीलाई निकालिएको छ भने अरु केही अझै पनि पुरिएर रहेका छन् ।

इरानको रेड क्रिसेन्ट संस्थाले सो भूकम्पबाट विशेष गरी इरानतर्फका ८ वटा गाउँमा धेरै क्षति भएको जनाएको छ । साथै अरु पनि कैयौँ गाउँ र सहरमा बिजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा अवरुद्ध छ ।

भूकम्पले बाटोमा समेत क्षति पुगेको छ । बाटो अवरुद्ध नै भएको छ । कतिपय स्थानमा भास्सिएको छ भने केही ठाउँमा पहिरोले आवतजावत नै बन्द गराएको छ । यसका कारण उद्धार टोलीहरूलाई क्षतिग्रस्त स्थानमा पुग्न गाह्रो भएको बताइएको छ ।

भूकम्पलगत्तै अत्तालिएर घरबाहिर सडकमा निस्किएका मानिस अहिलेसम्म पनि घरभित्र पस्न सकेका छैनन् । बारम्बारको पराकम्पनले उनीहरूमा त्रास फैलिएको बताइएको छ ।

मानिस सडकमा भेला भएर बसेका छन् । पराकम्पन आउनसक्ने डरले उनीहरू घरमा फर्किन सकेका छैनन् । उता कुवेतमा पनि यस्तै अवस्था रहेको छ । सामाजिक सञ्जालमा राखिएका तस्वीरमा कुवेतीहरू पनि पराकम्पनको त्रासले बाहिर सडकमै बसिरहेको देखिन्छ ।

An earthquake victim is aided at Sulaimaniyah Hospital on November 12, 2017, in Sulaimaniyah, Iraq. Officials in Iran reports at least 30 dead and Iraqi officials 6. The US Geological Survey said the magnitude 7.3 temblor was centred 30kms (19 miles) southwest of Halabja, Iraq, near the border with Iran.  / AFP PHOTO / SHWAN MOHAMMED

In this photo provided by the Iranian Students News Agency, ISNA, a car lays smashed by debris from the earthquake at the city of Sarpol-e-Zahab in western Iran, Monday, Nov. 13, 2017. A powerful earthquake shook the Iran-Iraq border late Sunday, killing more than one hundred people and injuring some 800 in the mountainous region of Iran alone, state media there said. (Pouria Pakizeh/ISNA via AP)

 

  • 65Read This News:
  • 259005Total reads:
  • 129096Total visitors: