राइनो गोल्डकप प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौँलाई

नवलपरासी, २४ कात्तिक २०७४ । नवलपरासीमा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौँले जित्न सफल भएको छ । बिहीबार नेपाल एपिएफसँग भएको फाइलन खेलमा संकटा क्लब काठमाडौँ विजयी भएको हो ।

निर्धारित समयसम्म दुवै समूहबाट एक/एक गोलको बराबरी भएपछि खेल ‘ट्राइबेकर’को ७१ मिनटमा एपिएफका जर्सी नं २७ का हरि कार्कीले पहिलो गोल गरेका थिए भने खेलको ७६ मिनटमा संकटाका जर्सी नं १० का विदेशी मूलका खेलाडी मार्टिन अजाजले गोल गरेपछि निर्धारित समयमा दुवै तर्फबाट कुनै निर्णयात्क गोल भएन । त्यसपछि खेल ट्राइबेकरमा समेत ४/४ गोल भएपछि खेल ‘सडन डेथ’मा प्रवेश गरेको थियो ।

सडन डेथमा नेपाल एपिएफका खेलाडी टोप विष्टले प्रहार गरेको बल संकटाका गोल्डकिप्पर विनय श्रेष्ठले गोल हुनबाट जोगाएपछि संकटा राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता–२०७४ को विजेता बन्न सफल भएको हो । खेलको विजेता टोलीले नगद रु ५ लाख २५ हजार ५५५, प्रमाणपत्र तथा सिल्डसहित एक दिनको होम स्टेसमेत चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण गर्ने अवसर पाएका छन् भने उपविजेता टोलीले नगद रु २ लाख ५० हजार ५५५, प्रमाणपत्र तथा सिल्ड प्राप्त गरेका छन् ।

राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली र ‘ए’ डिभिजनका क्लब टोलीहरु समावेश रहेका थिए । विजेता तथा उपविजेता टोलीलाई वन तथा भूसंरक्षण मन्त्रालयका सचिव युवध्वज जिसीले नगद, सिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए । देश–विदेशमा गैँडा संरक्षणको सन्देश दिन प्रतियोगिता आयोजना गरिएको हो ।

 

  • 45Read This News:
  • 504327Total reads:
  • 307773Total visitors: