६५ प्रतिशत मत प्राप्त गरी भारतको १४औं राष्ट्रपतिमा कोविन्द विजयी

भारत, ६ साउन २०७४। रामनाथ कोविन्द भारतीय राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । भारतीय इतिहासमा दलित जातीबाट निर्वाचित हुने कोविन्द दोस्रो भाग्यशाली व्यक्तित्व हुनु भएको छ ।

भारतीय संवैधानिक राष्ट्रपतिको संवैधानिक पदमा लागि भएको भारतीय संसद तथा राज्य सभाका सदस्यबाट उहाँलाई ६५ प्रतिशत मत प्राप्त भएको, निर्वाचन आयोगले जनाएको छ ।

७१ बर्षीय पूर्व वकील तथा राज्य सरकारका गभर्नर भइसक्नु भएका सिमान्तकृत दलित समुदायका कोविन्दलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी गठवन्धनका ‘नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए)’ तर्फबाट उहाँको नाम मनोनयन भई गत सोमबार मतदान भएको थियो । मतगणना बिहीबार सम्पन्न भएको हो ।

विपक्षी गठबन्धनको उम्मेदवारलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४औं राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । भाजपा नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठवन्धनबाट राष्ट्रपतिका उम्मेदवार बन्नु भएका कोविन्दले ६५.३५ प्रतिशत मत प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कंग्रेस आई नेतृत्वको युपीए गठबन्धनकी उम्मेदवार मीरा कुमारले ३४.३५ प्रतिशत मत पाउनु भएको छ ।

साउन २ गते सम्पन्न निर्वाचनपछि विहिवार वेलुकी सम्पन्न मतगणनामा कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मीरा कुमारले ३ लाख ६७ हजार ३१४ मत पाउनु भएको आयोगले जनाएको छ ।

निर्वाचनमा भारतका लोकसभाका र राज्य सभाका सांसदले मतदान गरेका थिए ।

उत्तर प्रदेशका दलित नेताका रुपमा चिनिनु भएका कोविन्द दुई पटक राज्यसभा सदस्य भइसक्नु भएको छ ।

भारतका वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल यही साउन ९ गते सकिएपछि नवनिर्वाचित राष्ट्रपति कोविन्दले राष्ट्रपतिको जिम्मेबारी सम्हाल्नुहुने छ ।

कानुनको राम्रो ज्ञाता, किसान तथा गरिब दलित समुदायबाट प्रतिनिधित्व गर्ने कोविन्द उत्तर प्रदेशबाट राष्ट्रपति हुने पहिलो व्यक्ति हुनुहुन्छ ।

India's new president Ram Nath Kovind, second left, receives greetings from Bharatiya Janata Party president Amit Shah, second right, and other leaders after being elected by the Indian Parliament and state legislatures in voting held Monday, with the results announced
India’s new president Ram Nath Kovind, second left, receives greetings from Bharatiya Janata Party president Amit Shah, second right, and other leaders after being elected by the Indian Parliament and state legislatures in voting held Monday, with the results announced

सत्तारुढ दलले कोविदलाई उम्मेदवार बनाएपछि प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले पनि पूर्व सभामुख मीरा कुमारलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

यसैबीच प्रधानमन्त्री मोदीले ट्वीट गर्दै नवनिर्वाचित राष्ट्रपति कोविन्दलाई वधाई ज्ञापन गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “श्री रामनाथ कोविन्दलाई भारतको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा वधाई तपाईँको पलदायी तथा प्रेरणादायी कार्यकालका लागि शुभकामना ।”

यसैबीच कोविन्द राष्ट्रपतिमा निर्वाचित भएसँगै प्रधानमन्त्रीको भारतीय सत्तामा थप बल पुग्ने विश्वास विश्लेषकहरूले बताएका छन् । कोविन्दलाई राष्ट्रपति बनाएसँगै अछुत भनिने भारतीय दलित समुदायलाई भाजपाले महत्वपूर्ण सन्देश दिएको छ ।

भारतको जम्मा १ अर्व ३० करोड जनसङ्ख्यामा करिब २० करोड जनसङ्ख्या गरीब दलित समुदायको रहेको छ । उहाँ भारतीय इतिहासमा दलित समुदायबाट राष्ट्रपति बन्ने दोस्रो व्यक्ति हुनुहुन्छ ।

President of India

 

  • 53Read This News:
  • 483808Total reads:
  • 289436Total visitors: