चीन, ६ साउन २०७४ । कम्युनिष्ट पार्टी अफ चाइना ९सिपीसी०का उच्च अनुशासन निरीक्षकका अनुसार २ लाख १० हजार जना अधिकारीलाई अनुशासन उल्लङ्घनको कारबाही भएको छ ।
सन् २०१७ को ६ महिनाभित्र यति ठूलो सङ्ख्यामा अनुशासन उल्लङ्घनको सजाय भएको सिपीसीले जानकारी दिएको छ ।
यो तथ्याङ्क कम्युनिष्ट पार्टी अफ चाइनाको अनुशासन समिति (सिसिडिआइ)ले बिहीबार सार्वजनिक गरेको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।
यस प्रकार अनुशासनको सजाय भोगेका व्यक्तिहरुमा ३८ जना प्रान्तीय अर्थात मन्त्रीस्तरीय र एक हजारभन्दा बढी जिल्लास्तरका तथा ८ हजार ४ सयभन्दा बढी गाउँस्तरका अधिकारी रहेका छन् ।
सिपीसीले सन् २०१६ मा ४ लाख १५ हजार व्यक्तिलाई अनुशासन उल्लङ्घनको कारबाही गरेको थियो ।


