काठमाण्डौ, २५ जेठ २०७४ । हिमालयन सेर्पा क्लब र ब्रिगेड ब्वाईज क्लब १८ वर्ष मूनिका लागि संचालित ललित स्मृती फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।
ललितपुरको सातदोबाटो स्थित एन्फा मैदानमा बुधबार भएको पहिलो खेलमा हिमालयन सेर्पा क्लबले न्यू रोड टिम एन आर टि लाई ६/४ गोलको विशाल अन्तरले पराजित गर्दै क्वाटर फाईनलमो यात्रा तय गरेको थियो ।
एन्फा मैदानमा बुधबार नै भएको दोस्रो तथा लिग चरणको अन्तिम खेलमा ब्रिगेड ब्वाईज क्लबले मोरङ्ग फुटबल क्लबलाई २/० गोल अन्तरले पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको थियो ।
यो संगै जारी ललित स्मृती अण्डर १८ फुटबल प्रतियोगिताको क्वाटर फाईनल समिकरण पुरा भएको छ ।
समूह ए बाट सरस्वती युथ क्लब र ए पि यफ क्लब तथा समूह बि बाट नेपाल आर्मी क्लब र फ्रेन्डस क्लब क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।
यसैगरि समूह सी बाट हिमालयन सेर्पा क्लब र जाउलाखेल युथ क्लब तथा समूह डि बाट नेपाल पुलिस क्लब र संकटा क्लब क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।


