काठमाण्डौ, २५ जेठ २०७४ । शसस्त्र प्रहरीको ए. पि. एफ. क्लब र न्युडायमण्ड एकेडेमी के. एन. पी. राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थीत दशरथ रंगशालाको कभर्डहलमा बुधबार भएका दुवै खेलमा जित हात पर्दै ए पि एफ ले सेमिफाइनलको यात्रा तय गरेको थियो ।
ए. पि. एफ.ले पहिलो खेलमा पश्चिमाञ्चललाई र दोस्रो खेलमा नेपाल आर्मी क्लब दुवैलाई तिन सोझो सेटमा पराजित गरेको थियो ।
यसैगरी न्युडायमण्ड एकेडमीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई तिन सोझो सेटमा पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
यी खेल सम्पन्न भए संगै जारी के. एन. पि राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।
समूह ए बाट ए. पि. फ. समूह विजेता र पश्चिमाञ्चल समूह उप विजेता हुँदै सेमिफाईनलमा प्रवेश गरेका छन् ।
यसैगरि समूह बि बाट न्यू डायमण्ड एकेडमि समूह विजेता र नेपाल पुलिस क्लब समूह उप विजेता हुँदै सेमिफाईनलमा प्रवेश गरेका छन् ।
अब ए. पि. एफ नेपाल पुलिस संग र न्युडायमण्डले पश्चिमाञ्चल सँग सेमिफाईनलमा प्रतिस्पर्धा गर्ने छन् ।


