सुन्दर विचार बनाए सुन्दर देश बनाउन सकिन्छः मन्त्री गुरुङ

तनहुँ, १ असोज २०७५ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नकारात्मक कुरामा रमाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

तनहुँ भानु नगरपालिका–३ स्थित जनजागृति माविमा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको आज उद्घाटन गर्दै उहाँले नकारात्मक कुरामा रमाउने प्रवृत्तिले देश विकास गर्न नसकिने बताउनुभयो ।

मन्त्री गुरुङले सुन्दर देश बनाउन सुन्दर विचार आवश्यक रहेको उल्लेख गर्दै विचार र आत्मज्ञान दूषित भयो भने सुन्दर समाज र सुन्दर देश बनाउन नसकिने धारणा व्यक्त गर्नुभयो ।

“आजभोलि सामाजिक सञ्जालदेखि जहाँतहीँ नकरात्मक कुरा मात्रै सिर्जना गरेको देखिन्छ,” उहाँले भन्नुभयो, “यस्ता प्रवृत्ति अन्त्य गर्दैै सुन्दर विचार सिर्जना गर्नुपर्छ ।”

मन्त्री गुरुङले धर्म संस्कृतिका नाममा समाज विभाजित गर्न नहुनेमा जोड दिदैं संस्कृतिका हिसाबले यो प्रदेश सबैभन्दा धनी रहेको बताउनुभयो ।

अग्रज पुर्खाले देशका लागि धेरै ठूलो योगदान पु¥याएको चर्चा गर्दै उहाँले अब नागरिकले देशलाई के गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्छ भन्नुभयो ।

 

  • 27Read This News:
  • 510969Total reads:
  • 314229Total visitors: