सिरियाको गुटाबाट एकैदिनमा १२ हजार विस्थापित

सिरिया, २ चैत २०७४ । सिरियाको पूर्बी गुटाबाट बिहीबार एकैदिनमा १२ हजार जना विस्थापित भएका छन् ।

अनुगमनकर्ताहरुले एकै दिनमा विस्थापित हुनेहरुको संख्या यो अहिलेसम्मकै सवैभन्दा धेरै भएको बताएका छन् ।

पूर्वी गुटामा पछिल्लो समयमा भएको भीडन्त र आक्रमणपछि एकैदिनमा पहिलो पटक यति ठूलो सङ्ख्यामा स्थानीयबासिन्दा विस्थापित भएका हुन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राईटस्ले त्रास र असुरक्षा महशुष गरेर उनीहरू विस्थापित हुन बाध्य भएको जनाएको छ ।

सिरियाको विध्वंसात्मक द्वन्द्वको बढ्दो जोखिम यहाँका बालबालिकामा देखिन थालेको संयुक्त राष्ट्रसंघले बताएको केही दिनपछि सर्वसाधारणको यति ठूलो सङ्ख्या एकै दिनमा विस्तापित भएको तथ्याङ्क बाहिर ल्याइएको छ ।

राष्ट्रसंघको बालबालिका मामिला हेर्ने निकाय (यूनिसेफ)ले दिएको पछिल्लो तथ्याङ्क अनुसार सिरिया द्वन्द्वका कारण बालबालिकाको हत्या हुने क्रम बढेको र सन् २०१६ को तुलनामा द्वन्द्वका कारण बालबालिकाको मृत्युदर ५० प्रतिशतले बढेको जनाइएको छ । सन् २०१८ को शुरुवातसँगै यो क्रममा थप डरलाग्दो स्थिति देखिएको यूनिसेफले जनाएको छ ।

सिरियाको विद्रोहीको आधार क्षेत्र पूर्वी गुटामा सिरियाली सरकार तथा यसका सहयोगी शक्तिले गरेको स्थल तथा हवाई आक्रमणमा परी यही बर्षको फेब्रुवरीदेखि अहिलेसम्म २०० जनाभन्दा बढी बालबालिकाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाको दावी छ ।

 

  • 30Read This News:
  • 482854Total reads:
  • 289034Total visitors: