विश्वकप फुटवलको टिकट बेच्न खुलेका ८ सय अनलाईन बन्द

रसिया, २ चैत २०७४ । विश्वकप प्रतियोगिताको टिकट विक्री गर्ने भनी विश्व फुटवल महासंघ (फिफा) टिकट बुकिङ खुल्नु पहिले नै गैरकानूनी रूपमा टिकट बेच्ने तयारीमा रहेका ८ सय भन्दा बढी वेभसाईटहरुलाई रसिया सरकारले बन्द गरिदिएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबल प्रतियोगिताको खेल हेर्नका लागि टिकट बेच्न गैरकानूनी रूपमा बनाइएका वेबसाइटहरुलाई बन्द गरिदिएको हो ।

रसियाका ८५८ ओटा वेभसाइटहरू बन्द गरिएको समाचार स्थानीय सञ्चार माध्यमहरुले बिहीबार संप्रेषण गरेका छन् ।
रसियामा आउदो जुन १४ देखि जुलाई १५ सम्म विश्वकप फुटवल प्रतियोगिता आयोजना हुन लागेको छ ।

 

  • 25Read This News:
  • 482893Total reads:
  • 289050Total visitors: