समानुपातिक निर्वाचनमा भाग लिन १७ दलको निवेदन

काठमाडौँ, २६ भाद्र २०७४ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन १७ राजनीतिक दलले पहिलो दिन नै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उक्त निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई आइतवारदेखि आगामी मंगलबारसम्म निवेदन पेश गर्न निर्वाचन आयोगले सूचना जारी गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर १० र २१ गते २ चरणमा एकैसाथ गर्ने सरकारले निर्णय गरिसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाल मजदुर किसान पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललगायत राजनीतिक दलले आइतवारनै
निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।

निवेदन पेश गर्दा प्रतिनिधिसभा निर्वाचनकालागि मात्र भाग लिने हो वा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पनि भाग लिने हो वा दुवैतर्फ भाग लिने हो स्पष्ट खुलाउनु पर्नेछ ।

प्रदेशसभा सदस्यको निर्वाचनतर्फ सबै प्रदेशमा भाग लिने वा कुनै खास–खास प्रदेशमा मात्र भाग लिने हो सो समेत स्पष्टरुपमा खुलाएर सम्बन्धित राजनीतिक दलको प्रमुख पदाधिकारीको हस्ताक्षर गरी बुझाउन आयोगले भनेको छ ।

आइतवार निवेदन पेश गर्ने अधिकांश दलले प्रतिनिधिसभा र प्रदेशसभाका दुवै निर्वाचनमा सवै निर्वाचन क्षेत्रमा भाग लिने जनाउँदै निवेदन पेश गरेका छन् ।

 

  • 44Read This News:
  • 556392Total reads:
  • 355858Total visitors: