यार्सागुम्बासहित भारतीय नागरिक पक्राउ

दार्चुला, २६ भाद्र २०७४ । एक सय ग्राम अवैध यार्सागुम्बासहित २ जना भारतीय नागरिकलाई आइतवार प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट यार्सागुम्बासहित नेपालतर्फ आउँदै गरेका भारतीय नागरिक १९ वर्षीय अनुप नगन्याल र १७ वर्षीय मन्नु राठौरलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवैजनालाई सदरमुकाम खलंगास्थित नेपाल भारत सीमामा रहेको झोलुङ्गे पुलमा जाँचका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । उनीहरुलाई आवश्यक कारबाहीका लागि अपीनाम्पा संरक्षण क्षेत्रको कार्यालयलाई बुझाइएको छ ।

 

  • 36Read This News:
  • 556392Total reads:
  • 355858Total visitors: