श्रीलङ्का रुबेला मुक्त घोषित

श्रीलङ्का, २२ भाद्र, २०७५ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले श्रीलङ्कालाई रुबेला मुक्त देश घोषणा गरेको छ ।

मुलुकलाई रुबेलामुक्त घोषणा गराउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिएको स्वास्थ्य मन्त्रालयका सञ्चार सचिव निपुन एकनायकेले बिहीबार जानकारी दिनुभयो ।

श्रीलङ्कालाई रुबेलामुक्त देश घोषणा गरिएको प्रमाणपत्र डब्लूएचओका क्षेत्रीय निर्देशक पुनम क्षेत्रपाल सिंहले श्रीलङ्काका स्वास्थ्यमन्त्री रजिथा सेनारत्नेलाई हस्तान्तरण गर्नुभएको थियो ।

श्रीलङ्कालाई मलेरिया अर्थात् सितज्वरो मुक्त देशको रूपमा भने यसअघि सन् २०१५ मै घोषणा गरिएको थियो ।

 

  • 78Read This News:
  • 504691Total reads:
  • 308137Total visitors: