श्रीलङकाका पुर्वप्रधानमन्त्रीरत्नसिरी विक्रमानायकेको ८३ बर्षको उमेरमा निधन

श्रीलंका, १२ पुस २०७३ । श्रीलङकका पुर्वप्रधानमन्त्री रत्नसिरी विक्रमानायकेको मङ्गलबार ८३ बर्षको उमेरमा निधन भएको छ ।

अस्पतालमा उपचार गराईरहेका बेला उहाँले निधन भएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् ।

विक्रमानायके सन् २००० देखि २००१ र २००५ देखि २०१० सम्म श्रीलङकाको प्रधानमन्त्री बन्नु भएको थियो ।

सन् १९६० मा राजनीतिमा प्रवेश गर्नु भएका विक्रमानायके महाजन एकसाथ पेरामुना पार्टीबाट सांसदमा निर्वाचित हुनु भएको थियो ।

उहाँ सन् १९७०मा न्याय उपमन्त्रीमा नियुक्त हुनु भएको थियो । त्यसपछि सन् १९९४ को आम निर्वाचनबाट संसदमा निर्वाचित भएपछि उहाँ सार्वजनिक प्रशासन, गृह र चिया उद्योग मन्त्री बन्नु भएको थियो ।

 

  • 42Read This News:
  • 481580Total reads:
  • 288852Total visitors: