शहीद स्मारक ए डिभिजन लिगमा आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

काठमाडौँ, २४ मङ्सिर २०७५ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइजलाई १–० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा टङ्क बस्नेत नायक बने । उनले खेलको ६७औँ मिनेटमा टेकबहादुर बुढाथोकीको पासलाई सदुपयोग गर्दै हेडिङमार्फत गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । जितपछि आर्मी ७ खेलबाट १७ अङ्क जोड्दै तालिकाको चौथो स्थानमा छ । पराजित ब्रिगेड ब्वाइज समान ७ खेलबाट ४ अङ्कसहित तालिकाको ११औँ स्थानमा छ ।

 

  • 19Read This News:
  • 259001Total reads:
  • 129095Total visitors: