‘नागरिकको मुहारमा खुशी ल्याउन सके मानवअधिकार स्थापित हुने’–मुख्यमन्त्री पोखरेल

रुपन्देही, २४ मङ्सिर २०७५ । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शुभकामना शन्देश दिँदै उहाँले मुलुकमा तीन तहको चुनाव सम्पन्न भई संविधान कार्यान्वयनको दिशामा अघि बढेकाले अब संविधानमा उल्लेख भएका मौलिक हक सम्बन्धी व्यवस्था कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धनलाई जोड दिएको चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यावहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्न पाउने अवसर अगाडि आएको छ । ”उहाँले भन्नुभयो, “समृद्धिमार्फत नागरिकको मुहारमा खुशी ल्याउन सके व्यवहारिक रुपमै मानवअधिकार स्थापित हुनेछ ।”

 

  • 46Read This News:
  • 509916Total reads:
  • 313184Total visitors: