लुफ्थान्सा विमान चालकको हडतालका कारण नौ सय उडान रद्द

जर्मनी, ९ मङ्सिर २०७३ । जर्मन ध्वजा वाहक लुफ्थान्साको विमान चालकको हडतालका कारण बिहीबारका लागि तय भएका ९१२ वटा उडान रद्द गरेको बुधबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

बिहीबारका लागि तय भएका यी विमान उडान प्रभावित हुँदा करिब १ लाख १५ हजार हवाई यात्रु प्रभावित बन्ने लुफ्थान्साले जनाएको छ ।

लुफ्थान्सा विमान कम्पनीमा कार्यरत विमान चालकले आफ्ना पारिश्रमिक र काम गर्ने समयबारे विभिन्न सर्त राख्दै बुधबारका लागि हडतालको आयोजना गरिए पनि आफ्ना माग विमान कम्पनीले सम्बोधन नगरेको भन्दै थप एक दिन आन्दोलनको घोषणा गरेका हुन् ।

बुधबारको हडतालबाट १ लाख हवाई यात्रु आफ्नो गन्तव्यमा पुग्नबाट वञ्चित भएका छन ।

 

  • 44Read This News:
  • 481538Total reads:
  • 288838Total visitors: