भारतमा छ जना माओवादी मारिए

भारत, ९ मङ्सिर २०७३। पूर्वी भारतको जङ्गल इलाकामा बुधबार प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो झडपमा कम्तीमा ६ जना सशरुत्र लडाकू मारिएका एक प्रहरी अधिकारीले जानकारी दिएको छ ।

झारखण्ड राज्यको लटेहार जिल्लामा बुधबार विहान प्रहरीले जारी गरेको खोजी अभियानको क्रममा माओवादी लडाकूहरुले आक्रमण गरेपछि जवाफी कारबाहीमा उनीहरुको मृत्यु भएको हो ।

घना जङ्गल भएको सो क्षेत्रमा विगत १५ वर्षदेखि विद्रोही समूह क्रियाशिल रहेको सो क्षेत्रवाट प्रहरीको जवाफी कारबाही झण्डै ४५ देखि ५० मिनेटसम्म चलेको थियो, माओवादीको आफ्नै कालो पोशकमा रहेका ६ जनाको शव नियन्त्रणमा लिएका स्थानिय प्रहरीले जानकारी गराएकोछ ।

६ ओटा हतियार र झण्डै ५ सय राउण्ड गोलीका खोका नष्ट भएकोछ ।

विगत एक दशकदेखि माओवादी विद्रोहीहरुले सरकारविरुद्ध लड्दै आइरहेका छन् ।

 

  • 36Read This News:
  • 481538Total reads:
  • 288838Total visitors: