रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण गर्यो

रसिया, ४ माघ २०७३। रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ ।

तोपोल–एम नामक सो अन्तर–महाद्विपीय ब्याल्लिस्टिक क्षेप्यास्त्र (इन्टरकन्टिनेन्टल ब्याल्लिस्टिक मिसाइल – आइसिबिएम) रुसको काम्चत्का प्रायद्विपमा अवस्थित प्लेसेत्स्क सैनिक अखाडाको प्रक्षेपणस्थलबाट समुद्रमा परीक्षण प्रक्षेपण गरिएको रुसी रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।

रसियाद्वारा निर्मित तोपोल–एम आइसिबिएम क्षेप्यास्त्रको क्षमता, शक्ति तथा विश्वसनीयता पहिलेकै अवस्थाको जस्तो छ, छैन भन्ने पुनर्पुष्टि (रिकन्फर्मेसन) गर्ने प्रयोजनकालागि सो परीक्षण गरिएको तथा सो परीक्षण कार्य अत्यन्त सफलतापूर्वक सम्पन्न भएको रुसी गृह मन्त्रालयको दावी छ ।

तोपोल–एम क्षेप्यास्त्रले अधिकतम ११ हजार किलोमिटर टाढासम्म मार हान्ने क्षमता राख्दछ । साथै, करिब ५ लाख ५ हजार टन क्षमताका आणविक हातहतियार क्षणभरमै नष्ट गर्ने शक्ति पनि यससँग हुन्छ । यसलाई ठूलाठूला बाहन (ट्रक) मा राखी चाहेको ठाउँमा लान वा सामुद्रिक जहाजको प्रयोगद्वारा स्थल वा जमिन दुबैठाउँबाट प्रहार गर्न मिल्छ ।

 

  • 56Read This News:
  • 481858Total reads:
  • 288938Total visitors: