रसियाली प्रतिपक्षी नेता नाभाल्नीको निर्वाचन बहिस्कार अभियान गैरकानूनी

रसिया, पुस ११ २०७४ । रसियाली अधिकारीले प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीद्वारा आगामी बर्षको मार्चमा हुने राष्ट्रपतीय निर्वाचन बहिस्कारको घोषणाले रसियाली कानूनको उल्लङ्घन गर्ने क्रेमलिनले मङ्गलबार जनाएको छ ।

रसियाको पछिल्लो चर्चित निर्णयमा यहाँको उच्च निर्वाचन निकायले सोमबार राष्ट्रपतिको उम्मेदवार बन्न चाहेका बहुचर्चित प्रतिपक्षी नेता नाभाल्नीलाई भ्रष्टाचार अभियोग लागेको भन्दै निर्वाचनमा सहभागी हुन नदिने निर्णयपछि नाभाल्नीले निर्वाचन बहिस्कार गर्न आग्रह गर्नुभएको थियो ।

निर्वाचनको तयारीमा रसियाका प्राय ग्रामिण वस्तीमा पुगेका नाभाल्नीले राष्ट्रपति भ्लादिमिर पुटिन आफूसँग निर्वाचन लड्न डराएपछि सत्ताको दुरुपयोग गर्दै राष्ट्रपतिको उम्मेदवार बन्नबाट रोक लगाएको दावी गर्नुभएको छ ।

पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले मङ्गलबार निर्वाचन आयोगको निर्णयलाई आफूले आलोचना गर्न नचाहेको तर निर्वाचन बहिस्कारको घोषणा कतै कानून विपरित त होइन यसलाई सावधानीपूर्वक अध्ययन गर्नुपर्ने बताउनुभयो ।

 

  • 57Read This News:
  • 481491Total reads:
  • 288820Total visitors: