यसै वर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गराउनेः मन्त्री पोखरेल

धनुषा, ८ भाद्र २०७५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विद्यालय बाहिर रहेका बालबालिकाका लागि सङ्घीयता नआएको बताउनुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा जयगोविन्द साह अध्ययन केन्द्रले विहिवार जनकपुरमा आयोजना गरेको ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले उहाँले भन्नुभयो, “नेपालमा अझै पनि ६० हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर छन्, उनीहरुका लागि सङ्घीयता नआएको जस्तो देखिन्छ ।”

मन्त्री पोखरेलले दुई चरणमा भर्ना अभियान सञ्चालन गर्दासमेत त्यती ठूलो संख्यामा बालबालिका विद्यालय बाहिर रहेको उल्लेख गर्दै ती बालबालिकालाई यो वर्षभित्रै विद्यालयभित्र ल्याई सक्नुपर्ने बताउनुभयो ।

दोस्रो चरणको भर्ना अभियान भदौ मसान्तसम्म सकाएर अर्को वर्ष हस्ताक्षर अभियान चलाई नेपाललाई पूर्ण साक्षर देश घोषण गर्ने योजना रहेको बताउँदै उहाँले संवैधानिक व्यवस्था अनुसार अनिवार्य शिक्षा लागू गर्न प्रत्येक पालिका (महानगर, नगर र गाउँपालिका) ले भर्ना अभियान चलाउनु पर्नेमा जोड दिनुभयो ।

मन्त्री पोखरेलले २०८५ सालसम्म अनिवार्य शिक्षा हासिल गर्न नसक्नेले बैंकिङ कारोबार गर्न नपाउने बताउँदै विद्यार्थीलाई विद्यालय नपठाउने अभिभावकलाई समेत कारवाही गरिने धारणा व्यक्त गर्नुभयो ।

सरकारले हरेक पालिकामा एक प्राविधिक विद्यालय खोल्ने गृहकार्यमा लागेको चर्चा गर्दै उहाँले प्राविधिक शिक्षा सस्तो र सरल हुनुपर्नेमा जोड दिनुभयो ।

 

  • 39Read This News:
  • 482420Total reads:
  • 289006Total visitors: