बालकृष्ण ढुंगेलको रिहाइको विरोधमा नेविसंघको अर्धनग्न प्रदर्शन

काठमाडौँ, १५ जेठ २०७५ । नेपाल विद्यार्थी संघले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै आज कपडा खोलेर (अर्धनग्न) प्रदर्शन गरेको छ ।

नेविसंघले उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका पूर्वसभासद् ढुंगेललाई आममाफी दिएको विरोधमा अर्धनग्न प्रदर्शन गरेको हो ।

प्रदर्शनमा नेविसंघका अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार अधिनायकवादतर्फ लागेको आरोप समेत लगाउनुभयो । आइतबार मन्त्रिपरिषद्को बैठकले ढुंगेलसहित ८१६ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

 

  • 49Read This News:
  • 531520Total reads:
  • 334455Total visitors: