पोखरालाई शैक्षिक केन्द्रका रुपमा विकास गरिने

कास्की, २० मङ्सिर २०७५ । आधारभूत तहसम्मको शिक्षा अनिवार्य गर्ने व्यवस्थाअन्तर्गत पोखरा महानगरपालिका वडा नं २०ले सम्पूर्ण बालबालिका विद्यालय बाहिर नरहेको जनाउँदै ‘विद्यालय सुनिश्चितता वडा’ घोषणा गरेकोे छ ।

संविधानले आधारभूत तहलाई अनिवार्य गर्ने व्यवस्था गरेअनुसार विद्यालय उमेर समूहका (५ देखि १२) वर्षसम्मका सम्पूर्ण बालबालिका विद्यालयमा भर्ना भैसकेकाले बुधबार सो घोषणा गर्दै नगरउपप्रमुख मञ्जुदेवी गुरुङले गुणस्तरीय र प्राविधिक शिक्षाका माध्यमबाट पोखरालाई शैक्षिक केन्द्र रूपमा विकास गरिने बताउनुभयो ।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले विद्यार्थीलाई विद्यालयमा टिकाउनका लागि उनीहरुको अभिभावकको आर्थिक अवस्था सुधार्नका सहयोग गर्नुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयका बालबालिकालाई खाजाको व्यवस्था गर्न रु ११ लाख विनियोजन गरिएको र प्रतिविद्यार्थी दैनिक रु १५ का दरले खाजाको व्यवस्था गरिएको बताउनुभयो ।

साविकको भलाम र मौजा गाविसलाई मिलाएर बनाइएको उक्त वडाका १० सामुदायिक विद्यालयमा ६४० विद्यार्थी अध्ययनरत छन्

 

  • 63Read This News:
  • 509930Total reads:
  • 313198Total visitors: