पहिरोले अलपत्र परेकी गर्भवती महिलाको उद्वार

काठमाडौं, १८ साउन २०७५ । पहिरोको कारण सडक अवरुद्ध भई अलपत्र परेकी गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका ७ मेलडाँडाकी गर्भवती २७ वर्षिया रिता कार्की महिलालाई एपीएफ टोलीले उद्वार गरी अस्पताल पठाएको छ ।

गत साउन १७ गते वर्षाको कारण पहिरो खसेर गुल्मी जिल्लाको रिडीबाट तम्घास जाने राजमार्ग अन्तर्गत भंगेरीखोला भन्ने स्थानको सडकखण्ड अवरोध भएको थियो ।

घरबाट एम्बुलेन्समा गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थित जिल्ला अस्पताल जान लागेकी ती महिला त्यसठाउँमा अलपत्र परेपछि एपीएफ टोलीले स्टे«चरमा राखेर बोकेर पहिरोको लेदोले अवरुद्ध सडकखण्ड पार गरी दिएको थियो ।

सोही विहान साँढे सात बजे डोजरको सहायताले पहिरो हटाई बाटो सुचारु भएको छ ।

स्रोतः एपीएफ समाचार

 

  • 38Read This News:
  • 554985Total reads:
  • 354539Total visitors: