अमेरिकी राजदूत टेप्लिजको राष्ट्रपति भण्डारी संग विदाइ भेट

काठमाडौँ, १८ साउन २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले विहिवार बिदाई भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, आपसी हित र चासोका बिषयमा विचारविमर्श भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित संयुक्त राज्य अमेरिकी राजदूतावासका अधिकारीको उपस्थिति थियो ।

 

  • 41Read This News:
  • 554985Total reads:
  • 354539Total visitors: