नेदरल्यान्डमा बस्ने टर्कीसद्वारा जनमत सङ्ग्रहमा सहभागी

नेदरल्यान्ड, २४ चैत २०७३। नेदरल्यान्डमा बसोबास गर्ने टर्कीका नागरिकले आफ्ना राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई थप शक्तिशाली बनाउने वा उनको अधिकारलाई यसैमा सीमित राख्ने भन्ने विषयमा बुधबार जनमत सङ्ग्रहका लागि नेदरल्यान्डको आर्मस्टर्डम, द हेग र पूर्वी सहर डेभेन्टरमा मतदान केन्द्र खोलिएको थियो । यहाँ बसोबास गर्ने करिब २ लाख ५० हजार टर्कीका मतदाताले जनमत सङ्ग्रहमा विदेशबाटै आफ्नो मत दिएकोछ ।

जनमत सङ्ग्रहमा नेदरल्यान्ड गएर अभियान सञ्चालन गर्न डच सरकारले गत महिना टर्कीका मन्त्रीहरुलाई नदिए पछि २ देशबीच तनाव सिर्जना भएको थियो ।

गत मार्च ११ मा सरकारी मन्त्री प्रचार अभियानका लागि टर्कीस कन्सुलेटमा जान रोक लगाएको भन्दै सामान्य झडपका गतिविधिसमेत भएका थिए ।

विभिन्न युरोपेली मुलुकका बसोबास गर्ने टर्कीका नागरिकले अप्रिल ९ सम्म जनमत सङ्ग्रहमा मतदान गर्न पाउने छन् तर टर्कीमा यसपछि पनि एक हप्तासम्म मतदान गर्न सकिने व्यवस्था गरेको छ ।

 

  • 35Read This News:
  • 509295Total reads:
  • 312573Total visitors: