धनगढी प्रिमियर लिगः महेन्द्रनगर र विराटनगर विजयी

कैलाली, २३ चैत २०७४ । रुस्लान धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट प्रतियोगिताअन्तर्गत विहिवार भएको खेलमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्स विजयी भएका छन् ।

महेन्द्रनगरले रुपन्देही च्यालेन्जर्सलाई ४ विकेटले तथा विराटनगर किंग्सले टिम चौराह धनगढीलाई १८ रनले पराजित गर्यो ।

संघीय प्रहरी इकाइ कार्यालय धनगढीको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनायो । १४५ रनको विजय लक्ष्य पाएको महेन्द्रनगरले १८.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

महेन्द्रनगरका लागि कप्तान विनोद भण्डारीले ६१ रन बनाए । उनले ४८ बलमा २ छक्का र ५ चौका प्रहार गरे । यस्तै पुनित विष्टले २२ बलमा ४ छक्का र ३ चौका हान्दै ४५ रन बनाए । पुनित मेहराले अविजित १६ रन बनाए । बलिङतर्फ रुपन्देहीका लागि दिपेश श्रेष्ठले ३ तथा सुसन भारीले २ र सागर पुनले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गर्दै रुपन्देहीका लागि प्रदीप ऐरीले ३२ बलमा १ छक्का र ५ चौकासहित ३९ रन बनाए । सागर पुनले २८, दीपक प्रसादले १७ र कुशल मल्लले १५ रन बनाए ।

बलिङतर्फ महेन्द्रनगरका लागि पुनित विष्टले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । भुवन कार्की, पुनित मेहरा, करण केसी र अविनाश कर्णले १/१ विकेट लिए । खेलको ‘प्लेयर अफ द म्याच’ महेन्द्रनगरका पुनित विष्ट भए ।

विहिवारनै भएको अर्को खेलमा विराटनगर किंग्सले टिम चौराह धनगढीलाई १८ रनले पराजित गयोृ । टस जितेर धनगढीले फिल्डिङ राजेपछि विराटनगरले ब्याटिङ गर्दै १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो ।

१२८ रनको लक्ष्य पछ्याएको टिम चौराहाले २० ओभरमा ९ विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि पवन शराफले ४१ रन बनाए । उनले ३४ बलमा २ छक्का र १ चौका हाने । अनिलकुमार साहले २४, शुभम कामतले १८ र बाबर हयातले १५ रन बनाए ।

बलिङतर्फ टिम चौराह धनगढीका सुनिल धमलाले ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै एक मेडन राखेर १० रन खर्चे । कप्तान सोमपाल कामी र रोहन मुस्तफाले २/२ विकेट लिए । ललितसिंह भण्डारी र सम्साद शेखले १/१ विकेट लिए ।

व्याटिङतर्फ धनगढीका लागि शंकर रानाले २५, अस्फाक अहमदले २२, राजु रिजालले १८, सुनिल धमलाले १२ र रोहन मुस्तफाले ११ रन बनाए । बलिङतर्फ विराटनगरका पवन शर्राफले ४, वसन्त रेग्मी र पारस खड्काले २/२ तथा शुभम कामतले १ विकेटले लिए ।

 

  • 31Read This News:
  • 259001Total reads:
  • 129095Total visitors: