अष्ट्रेलियाका लागि नेपालबाटै प्रवेशाज्ञा उपलब्ध गराउन आग्रह

Photo: Bishal Jeet Palikhe

काठमाडौँ, २३ चैत २०७४ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडसँगको शिष्टाचार भेटमा अष्ट्रेलिया अध्ययन गर्न जाने नेपालीलाई प्रवेशाज्ञा प्रक्रियाका लागि भारतको नयाँदिल्ली जानुपर्ने बाध्यता रहेकाले नेपालबाटै उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।

मन्त्रालयमा विहिवार भएको भेटमा मन्त्री बस्नेतले दुई दशकदेखि अष्ट्रेलियाले नेपालको सामुदायिक वन क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि थप सहकार्यको प्रस्ताव राख्नुभयो । सो अवसरमा राजदूत बडले अष्ट्रेलियाली सरकारले नेपालको जलविद्युत्, वातावरण र खानेपानीका क्षेत्रमा लगानी गर्न चाहेको जानकारी दिनुभयो ।

 

  • 76Read This News:
  • 482218Total reads:
  • 288978Total visitors: