दुबई प्रहरीद्वारा भारतिय अभिनेत्री श्रीदेवीको मृत्युको मुद्दा बन्द, शव परिवारलाई हस्तान्तरण

युएइ, १६ फागुन २०७४ । दुबई प्रहरीले भारतीय चर्चित अभिनेत्री श्रीदेवी कपूरको शव उहाँकोे परिवारलाई हस्तान्तरण गरेको छ ।

परिवारलाई मृत शरीर हस्तान्तरण गर्नुपूर्व उहाँको मृत्युको मुद्दा दुबई प्रहरीले बन्द गरेको जनाएको थियो । सुरक्षित राख्ने आवश्यक उपाय गरेपछि उहाँको शवलाई अन्तिम संस्कारका लागि भारत लगिने छ ।

भारतीय सिनेमा जगतमा पहिलो प्रख्यात नायिका श्रीदेवीको शनिबार राति दुबईको एक सुविधासम्पन्न होटेलको कोठाभित्र निधन भएको थियो ।

“दिवङ्गत भारतीय नायिका श्रीदेवीको निधन होटलको एक ‘वाथ टब’मा एक्कासी बेहोस भएपछि डुबेर भएको ठहरिएकोे छ, विधि विज्ञान परीक्षणपछि दुबई प्रहरीको मुख्यालयले सोमबार सार्वजनिक गरेको रिपोर्टलाई उद्धृत गर्दै दुबईको सरकारी सञ्चार संस्था ‘गल्फ न्यूज’ले उल्लेख गरेको छ ।”

वलिउड नायिकाको पूरा नाम, राहदानी नं तथा निधन भएको मिति र मृत्युको कारण खुलाइएको विधिविज्ञान परीक्षण प्रतिवेदनमा संयुक्त अरब इमिरेट्स (युएई) सरकारको स्वास्थ्य मन्त्रालयको छाप तथा दुबईको रोग निरोधक औषधि विभागका निर्देशक तथा वरिष्ठ चिकित्सक सामी वाडीको हस्ताक्षर रहेको छ ।

 

  • 45Read This News:
  • 505195Total reads:
  • 308566Total visitors: