डेढ करोड कर्जा लिई ठगी गर्ने अशोकहर्ष बज्राचार्य पक्राउ

काठमाडौँ, १० फागुन २०७४ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैकिङ कसुरका एक अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ ।

ब्यूरोले आफ्नो हकभोग नभएको जग्गालाई नक्कली कागजात बनाएर आफ्नो हो भनी माछापुच्छ्रे बैँक, पुतलीसडक शाखाबाट रु १ करोड ४२ लाख कर्जा लिएका कामपा–३०, धोविधाराका अशोकहर्ष बज्राचार्यलाई मंगलबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले बैंकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा उच्च अदालत पाटनबाट सात दिनको म्याद थप भई बैकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आजदेखि अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

 

  • 33Read This News:
  • 482040Total reads:
  • 288959Total visitors: