गर्मीका कारण सिरहाको जनजीवन कष्टकर

सिराहा, २३ जेठ २०७५ । पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ ।

तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घर बाहिर निस्किनसमेत समस्या भइरहेको छ ।

अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । वैशाख–जेठमा अत्यधिक गर्मीकै प्रकोपबाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा मात्र पठनपाठन सञ्चालन गर्ने गरेका छन् ।

यद्यपि विद्यालयबाट फर्किने समय मध्यान्ह पर्दा गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ । गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापारसमेत बढेको छ भने सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ ।

गर्मी बढेसंगै अस्पतालमा बिरामीको संख्या समेत बढ्दै गएको छ ।

 

  • 34Read This News:
  • 482034Total reads:
  • 288956Total visitors: