काठमाण्डौको वानेश्वरमा दक्षिण कोरियन चर्मरोग निवारण क्लिनिक स्थापना

काठमाडा, ४ पुस २०७४ । दक्षिण कोरियाको ‘लेट मि इन’ले काठमाडौंमा पनि आफनो सेवा सुरु गरेको छ । छाला सम्बन्धी सेवा दिने उदेश्यले राजधानीको नयाँ बानेस्वरमा ‘लेट मि इन’ कोरियन एथिक्स नामक ब्युटी क्लिन स्थापना भएको हो ।

गत शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क योङ सिक, पुर्व मिस नेपाल माल्भिका सुब्बा र बैंकर रबिना देसराज लगायतले क्लिनीकको सामुहिक उदघाटन गर्नुभएको थियो ।

let me in inaguration
‘लेट मि इन’ले छालामा देखिने समस्याहरु डण्डिफोर, चाँया, फेसियल, छालाको दाग हटाउने, कोठी हटाउने, टाटु हटाउने ,अनुहारको फोहोर हटाउने लगायतका सेवा दिने क्लिनीकका व्यवस्थापक निर्देशक डोङ सोमाले जानकारी दिनुभएकोछ । कोरियामा उत्पादन हुने सौदर्यका साधन र प्रबिधि कोरियासँगै नेपालमा पनि उपलव्ध गर्ने उनले बताउनु भएकोछ ।

कार्यक्रममा पुर्व मिस नेपाल माल्भिका सुब्बाले कोरियन सौदर्य प्रबिधी बिस्वका अन्य प्रबिधि भन्दा स्तरिय हुने र आफुले पनि कोरिया ब्राण्डका सौदर्य सामाग्री प्रयोग गर्ने गरेको वताउनुभयो ।

‘लेट मि इनमा’ चाउरियका छाला, चाँया लगायत समस्यको हाइड्रो साइनिङ इन्जेक्सन सेवाबाट पनि उपचार गरिने कार्यक्रममा जानकारी दिइयो । ‘लेट मिले इन’ले थेरापीबाट सौदर्यको उपचार प्रबिधि समेत नेपाल भित्रयाएको छ ।

औषधीको सेवन गरेर, बिभिन्न औषधी लगायर पनि निको नभएका छालासम्बन्धी रोग ‘लेट मि इन’ले इलेक्टिक थर्मोलाइसिसबाट समेत उपचार गरेर समस्यको समाधान गर्ने दाबी छ ।

 

  • 73Read This News:
  • 481626Total reads:
  • 288873Total visitors: