एएफसी एसियन कप छनोटको तयारी खेलमा नेपाल भारतसँग पराजित

काठमाडौँ, २४ जेठ २०७४। एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल भारतसँग पराजित भएको छ ।

भारतस्थित मुम्बईको अधेँरी स्पोर्टस् कम्प्लेक्समा मंगलवार भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग ० का विरुद्ध २ गोलअन्तरले पराजित भएको हो ।

खेलको पहिलो मध्यान्तरसम्म गोल हुन नदिएको नेपालले मध्यान्तरपछि २ गोल खान पुग्यो । खेलको ५९ औँ मिनेटमा भारतका सन्देश झिगनले पहिलो गोल गरे भने खेलको ७८ औँ मिनेटमा अर्का खेलाडी जेजेलाल पेखुलले १ गोल थपें ।

यता खेलको ६७ औँ मिनेटमा नेपालका कप्तान विराज महर्जनले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि नेपाल १० खेलाडीमा सीमित बनेको थियो । भारतकै निमन्त्रणामा नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो । लेबनानसँगको मैत्रीपूर्ण खेल रद्ध भएपछि भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।

 

  • 78Read This News:
  • 486207Total reads:
  • 290982Total visitors: