इरानको एक खानीमा पैह्रो जाँदा कम्तीमा ७० जना पुरिए १२ जनाको जिवितै उद्दार

इरान, २१ वैशाख २०७४। इरानको उत्तरी क्षेत्रमा रहेको खानीमा बुधबार पहिरो जाँदा कम्तीमा ७० जना स्थानीय कामदार च्यापिएका छन् ।

गोलेस्टन प्रदेशको खानीमा मिथेन ग्यास विस्फोट भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

“खानीको एकतर्फ ४० जना कामदार च्यापिएका छन् भने अर्को तर्फ अरू ३० देखि ४० जनासम्म च्यापिएका छन्,” इरानको आपतकालीन सेवाका प्रमुख पिर हुसैन कोलिभान्दलाई उद्धृत गर्दै इरानको समाचार संस्था आईएसएनएले जनाएको छ ।

उहाँले १२ जना घाइतेलाई जीवितै खानीबाट बाहिर निकालिएको पनि जानकारी दिनुभयो ।

पहिरो गएपछि सुरुङजस्तो बनेको ठाँउमा ग्यास भरिएकाले उद्धार कार्य निकै कठिन भइरहेको उद्धार कार्यमा खटिएका स्थानीय एक अधिकारीले बताउनुभयो ।

खानीमा पहिरो गएको बेला ५ सय जना कामदार रहेको जनाएको छ ।

 

  • 44Read This News:
  • 510118Total reads:
  • 313386Total visitors: