काठमाडौं, ९ फागुन २०७४ । कोकाकोला नेपालले आफ्ना पेयपदार्थ सेवन कर्ता मध्येबाट ४० जना गोला प्रथावाट विजयीलाई आगामी जुनमा रसियामा आयोजना हुने विश्वकप फुटबल २०१८ प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ ।
कोकाकोला नेपालद्वारा मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम, रसिया जाम’ भन्ने नारा सहित विजेताको सम्पूर्ण खर्च पनि कोकाकोला कम्पनीले नै व्यहोर्ने जानकारी गराईएको थियो ।
यस योजनामा कोकको बोतल पछाडि राखिएको १० अंकको युनिक कोडलाई ३७७२२ मा एस एम एस गरी पठाउनु पर्ने हुन्छ ।
यो योजना फेब्रुअरी १५ देखि अप्रिल १५ तारिख सम्म मात्रै लागू हुनेछ ।
तर यो प्रतियोगितामा १८ वर्ष पूरा भएका नेपाली नागरिकले मात्र भाग लिन पाउने पनि आयोजकले जनाएको छ ।


