सन् २०१७ सम्ममा ५५ लाख अफ्रिकी विस्थापित

केन्या, १७ माघ २०७४ । अफ्रिकाका केही मुलुकबाट विस्थापित जीवन विताउन बाध्य अफ्रिकीको सङ्ख्या सन् २०१७ को अन्त्यसम्म ५५ लाख पुगेको संयुक्त राष्ट्रसंघद्वारा मङ्गलबार जारी प्रतिवेदनमा जनाइएको छ ।

विस्थापितमध्ये ४१ लाख नागरिक आन्तरिक रूपमा विस्थापित बनेका छन् भने १४ लाख नागरिक अफ्रिकी विभिन्न मुलुक, यूरोप तथा अमेरिकामा शरणार्थी जीवन विताइरहेका संयुक्त राष्ट्रसंघ मानवीय सहयोग मामिला हेर्ने संस्था (यूएन्एचसीआर) ले जनाएको छ ।

यूएन्एचसीआरका अनुसार अफ्रिका अरब क्षेत्र तथा यूरोप जाने आप्रबासीहरूको आवतजावत गर्ने बाटो रहँदै आएको छ ।

अफ्रिकी मुलुक त्यसमा पनि खासगरी पूर्वी क्षेत्रका जिबुटी, इरिट्रीया, इथियोपिया तथा सोमालिया विस्थापित तथा आप्रबासी शरणार्थीहरूको महत्वपूर्ण आवतजावत गर्ने बाटोको रूपमा लिने गरिन्छ ।

यूएन्एचसीआरको प्रतिवेदनमा सन् २०१८ को पहिलो छ महिनामा आन्तरिक तथा बाह्य विस्थापितको सङ्ख्यामा कमी नआउने अनुमान गरिएको छ ।

अफ्रिकामा खडेरी, द्वन्द्व, गरिबी, यौन हिंसा तथा लिङ्गका आधारमा हुने हिंसा लगाएतका सामाजिक असुरक्षाको कारण अधिकांश नागरिक विस्थापित हुने गरेका छन् ।

सन् २०१७ को तुलनामा खाद्य असुरक्षाकाबीच जीवन निर्वाह गर्ने अफ्रिकीको सङ्ख्या ३६ प्रतिशतले वृद्धि भई यस बर्षको अन्त्यसम्म १ करोड ४६ लाख पुग्ने बताइएको छ ।

उक्त क्षेत्रमा गत बर्ष ५२ लाख बालबालिका तथा महिलामा जटिल खालको कुपोषणको समस्या देखिएको र यो सङ्ख्यामध्ये करिब ६ लाख ४० हजारले अस्पतालमा भर्ना भई उपचार गराएको, प्रतिवेदनमा छ । सोमालियामा करिब १२ लाख, इथियोपियामा ३६ लाख, ३ लाख ७० हजार बालबालिका तथा गर्भवती महिलामा जटिल कुपोषणको समस्या देखिएको बताइएको छ ।

 

  • 35Read This News:
  • 439177Total reads:
  • 251108Total visitors: