दशगजामा नेविसंघको प्रदर्शन

पर्सा, ११ माघ २०७४ । वीरगन्जको छपकैयामा नेपाली भूमि मिचिएको जनाउँदै नेपाल विद्यार्थी संघले आज दशगजा क्षेत्रमा प्रदर्शन गरेको छ ।

काठमाडौँबाट वीरगन्ज आइपुगेको नेविसंघका केन्द्रीय सभापति नैनसिंह महर नेतृत्वको टोलीले छपकैयाको भकुवास्थित दशगजा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डासहित सीमा रक्षाको नारा लगाउँदै प्रदर्शन गरेको हो ।

विवादित सीमा क्षेत्रको स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेविसंघका केन्द्रीय सभापति नैनसिंह महरले आज विवादित सीमा क्षेत्रको स्थलगत अवलोकन गर्दा नयाँ स्तम्भ राख्ने क्रममा भारतीय पक्षले नेपाल भूमि मिचेको देखिएको बताउनुभयो । उहाँँले मिचिएको नेपाली भूमि तत्काल फिर्ता गराउनका लागि भूमिका खेल्न नेपाल सरकारसँग माग गर्नुभयो ।

“नेपाल र भारतको सीमा क्षेत्रमा अहिले भइरहेको नयाँ पिलर गाड्ने काम अवैज्ञानिक छ, दुवै देशका सम्बन्धित निकायले एक अर्काको भूमि नमिचिने गरी वैज्ञानिक ढंगले पिलर राख्नुपर्छ”, उहाँले भन्नुभयो । आफूहरु काठमार्डा पुगेपछि प्रधानमन्त्री र नापी विभागका उच्च अधिकृतलाई भेटेर वीरगन्जमा नेपाली भूमि मिचिएको बारे जानकारी गराइने उहाँले बताउनुभयो ।

यसअघि अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र वाइसिएलको केन्द्रीय टोलीले पनि विवादित सीमा क्षेत्रको स्थलगत अवलोकन गरी सीमा क्षेत्रमा राष्ट्रिय झण्डा गाड्नाका साथै प्रदर्शन पनि गरेका थिए ।

 

  • 53Read This News:
  • 482870Total reads:
  • 289041Total visitors: