ह्वाइट हाउस र संसद्को दुवै सदनमा आफ्नो नियन्त्रण रहँदापनि खर्च विधेयक पारित हुन सकेन

संयुक्त राज्य अमेरिका, ८ माघ २०७४ । अमेरिकी माथिल्लो सदन ९सिनेट० सरकारको खर्चसम्बन्धी विधेयक विफल बनाएको भन्दै अमेरिकी सिनेटको आलोचना गर्नुभएको छ । खर्चसम्बन्धी कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको भन्दै विदेशमा लड्न पठाइएका सेनालाई तलब खुवाउनसमेत समस्या हुनेगरी अमेरिकी कङ्ग्रेसमा राजनीति भएको भन्दै उहाँ आक्रोशित बन्नुभएको छ ।

विधेयक पारित नभएपछि अब धेरै सरकारी सेवामा प्रभाव पर्ने भन्दै उहाँले भन्नुभयो, “सिरियाली सीमाक्षेत्रमा रहेका सुरक्षाकर्मीहरूलाई तलब जसरी पनि खुवाउनु पर्छ ।सरकारले यसका लागि छिट्टै कुनै उपाय सोच्ने छ ।”
“तपाईहरू तलब खान योग्य हुनुहुन्छ ।” सेनाका परिवार र सेनाले कुनै चिन्ता लिनुपर्दैन, उहाँले थप्नुभयो ।

फेब्रुअरी १६ सम्म संघीय सरकारलाई खर्च उपलब्ध गराउने उक्त विधेयक पारित गर्न ६० मत आवश्यक थियो । तर आप्रवासन र सीमा सुरक्षाजस्ता विषयमा चर्को विवादबीच त्यो पारित हुन नसकेको हो ।

पूर्व राष्ट्रपति बाराक ओबामाको पालामा ल्याइएको कार्यक्रमअन्तर्गत केटाकेटी हुँदा अमेरिका छिरेका कागजातविहीन आप्रवासीहरूलाई फिर्ता नपठाइने प्रत्याभूति गर्नुपर्ने डेमोक्र्याटहरूको माग विवादको मुख्य विषय रहँदै आएको छ ।

खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएपछि राष्ट्रपति ट्रम्पको कार्यालयले डेमोक्र्याटहरूले राजनीतिक स्वार्थ हेरेका कारण पछिल्लो अवस्था निम्तिएको आरोप लगाएको छ । ह्वाइट हाउस र संसद्को दुवै सदनमा रिपब्लिकनहरूको नियन्त्रण रहँदासमेत यस्तो अवस्था देखिएको यो पहिलो घटना हो ।

 

  • 33Read This News:
  • 439316Total reads:
  • 251246Total visitors: