इरानी राष्ट्रपतिद्वारा इराकको अखण्डताको पक्षमा प्रतिवद्धता

इरान, ८ माघ, २०७४ । इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो मुलुक ‘एकिकृत तथा अखण्ड राज्यको पक्षमा’ रहेको बताउनुभएको इराकको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ ।

सवै क्षेत्रीय राज्य तथा जातिया समूहहरू आफ्नो दायित्वप्रति जिम्मेवार बन्दै इराकमा संघीय प्रशासनको पक्षमा रहेका र आन्तरिक सिमांकनमा सहयोग गर्ने रौहानीले आइतबार इराकी कुर्दिस्तान राज्यका प्रधानमन्त्री निचिर्वान बार्जानीसँगको कुराकानीमा बताउनुभयो ।

अतिरिक्त क्षेत्रीय शक्ति तथा त्यहाँको नेतृत्वले कुर्दिस्तान राज्यसँग कुनै सम्झौता गर्ने वा सदासयता नदेखाउने पनि रौहानीको भनाई थियो ।

विदेशी शक्तिको इराकमा हस्तक्षेप इराक तथा यस क्षेत्रमा स्थायित्व तथा सुरक्षाका लागि लक्षित रहेको रौहानीको दावी थियो । अतिरिक्त क्षेत्रीय शक्तिले आफ्नै दीर्घकालिन उद्देश्य प्राप्तिका काम गर्नेबारेमा मात्र सोचेको उहाँको भनाई थियो ।

बर्जानीले भन्नुभयो, “इराकी कुर्दिस समुदायले एकिकृत इराक चाहेको र यसमा अरब राष्ट्रको संविधान लागु गर्न र माग पूरा गर्न वैधानिक माध्यममार्फत् सबैपक्ष प्रतिवद्ध रहनुपर्ने बताउनुभयो ।”

इराकको अर्ध स्वशासित राज्य कुर्दिस्तानमा सन् २०१७ को सेप्टेम्बरमा स्वतन्त्रताका लागि जनमतङ्ग्रह भएको थियो तर यसलाई केन्द्र सरकारले अस्वीकार गर्दै यसको पक्षमा उत्तेजना फैलाउने नेतृत्वलाई सजायको उपाय अवलम्बन गरेको थियो ।

 

  • 36Read This News:
  • 483301Total reads:
  • 289172Total visitors: