पाकिस्तानमा जुलाईमा संसदीय निर्वाचन गर्नका लागि पूर्णतया तयारी शुरु

पाकिस्तान, १६ पुस २०७४ । पाकिस्तानका राजनीतिक दलहरूले जुलाईमा संसदीय निर्वाचन गर्नका लागि पूर्णतया तयारी शुरु गरेका छन् । प्रधानमन्त्री शाहिद खाकन अब्वासीले आगामी जुलाईका लागि आम निर्वाचनको तिथि तोके पछि पाकिस्तानमा संसदीय निर्वाचनका बिषयमा व्यक्त हुँदै आएका अनिश्चिततालाई अब तोडिदिनुभएको छ ।

पूर्व प्रधानमन्त्री नवाज शरीफलाई भ्रष्टाचार आरोप लागेको व्यक्ति पदमा रहन अयोग्य भनी घोषणा गरेपछि अब्वासीले यही बर्षको जुलाईमा पाकिस्तान सरकारको नेतृत्व सम्हाल्नुभएको थियो । शरीफले पाकिस्तानी सत्ताधारी दल पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन) को अध्यक्षका रूपमा भने काम गर्दै आउनु भएको छ ।

अब्वासीको निर्वाचन मिति घोषणासँगै अर्को मध्यावधी निर्वाचनका बिषयमा व्यक्त गरिने गरेका आशङ्काका साथसाथै यहाँ व्याप्त राजनैतिक सङ्कट र कानूनी जतिलतालाई लिएर पाकिस्तानमा प्रजातान्त्रिक प्रणालीको निरन्तरता माथि नै प्रश्न उठाउन थालिएको अवस्थामा प्रधानमन्त्रीले निर्वाचनको मिति सार्वजनिक गर्नुभएको हो ।

जलवायु परिवर्तन मामिला हेर्ने मन्त्री मुशाहिदुलाह खानले निर्वाचनको मिति सार्वजनिक हुनु वर्तमान् प्रजातान्त्रिक राजनीतिक प्रणाली र शुभचिन्तकका लागि प्रोत्साहन भएको छ ।

पाकिस्तानी प्रभावशाली प्रतिपक्षी दल पाकिस्तान तेहरिक–ए–इन्साफले निर्वाचनका लागि अभियान शुरु गर्दै पाकिस्तानी जनतामाझ पूर्व प्रधानमन्त्री शरीफको भ्रष्टाचारविरुद्ध अदालतबाट आएको निर्णयले पाकिस्तानी राजनीतिक वृत्तमा अनिश्चितता सिर्जना गरेको भन्दै अब्वासीको सरकारलाई नागरिकको समर्थन नरहेको दावी गर्दै आफ्नो दललाई मतदान गर्न आग्रह गरेको छ ।

तर अन्य प्रतिपक्षी दलहरूले भने सरकारले यसलाई मिलेको पाँच बर्षे कार्यकाललाई मार्चमा सकेपछि जनताले मतदानद्वारा अर्को परीक्षण गर्ने बताएका छन् ।

पाकिस्तान मुश्लिम लिग–नवाजले शासनमा रहँदा पूर्व प्रधानमन्त्री शरीफ तथा उहाँको दलमा केही जटिल सङ्कटको सामना गर्नु परेको थियो । तर उक्त दलले अदालतको निर्णयलाई सम्मान गर्दै शरीफलाई प्रधानमन्त्रीबाट राजिनामा दिलाई नयाँ प्रधानमन्त्रीका मार्फत राजनीतिक सङ्कटलाई गहिरिन दिएको थिएन । तर पनि शरीफ तथा उहाँको पारिवारका केही सदस्यले भने भ्रष्टाचारसम्बन्धि मुद्दालाई अदालतमा सामना गरिरहेको छ ।

शरीफको दल अहिले पनि पाकिस्तानका केही भागमा उत्तिकै प्रसिद्ध रहेको छ । शरीफले उहाँको राम्रो पकड रहेको लाहोरमा यसैहप्ता आफ्ना समर्थकलाई गरेको सम्बोधनमा मुश्लिम लिगले ऐतिहासिक विजय प्राप्त गर्ने बताउनुभएको थियो । आफ्नो दलका कार्यकर्ता तथा शुभेच्छुकलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गर्नुभएको थियो ।

मुश्लिम लिगमा नेताहरूले अदालतले अयोग्य घोषणा गरेपनि आगामी निर्वाचनको नेतृत्व पनि शरीफले नै गर्ने र उहाँलाई नेतृत्वका लागि योग्य भएको जनताबाट अनुमोदित गराउने बताएका छन् । नेताहरूले शरीफमाथि लगाइएको आरोपले मुश्लिम लिगलाई कुनै प्रभाव नपार्ने साथै उक्त दल निर्वाचनमा ठूलो मतान्तरसहित विजय हुने बताएका छन् ।

शरीफको दलका वरिष्ठ नेता खानले बताउनुभयो, “आगामी आम निर्वाचन समयमै सम्पन्न हुन्छ । अवका हरेक दिनले पाकिस्तानको प्रजातन्त्र र निर्वाचनकाबारे व्याप्त अनिश्चिततालाई चिर्दै अघि बढ्ने छ ।”

पाकिस्तानको राजनीतिक सङ्कट बिषयमा एउटा अत्यन्यै सकारात्मक पक्षमध्येको एउटा कुरा यहाँको सेनाले राजनीतिक क्षेत्रमा हस्तक्षेप गरेको छैन । पाकिस्तानी सेनाका प्रमुख जनरल कमार जावेद वाजवाले पाकिस्तानी सरकारी नेतृत्वबाट शरीफ बाहिरिए पनि पटक पटक विद्यमान् प्रजातान्त्रिक प्रणालीतर्फ समर्थन जनाउँदै आउनुभएको छ ।

निर्वाचनका लागि अभियान शुरु भै नहालेपनि तयारीका लागि दल तथा यसका समर्थकहरू अग्रसर देखिएका छन् । आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने बिषयलाई विभिन्न तहमा छलफल अघि बढाइएको छ ।

गठबन्धनका लागि प्रतिपक्षी नेता खान पिटिआईका प्रमुख तथा पूर्व राष्ट्रपति असिफ अलि जर्दारी, पाकिस्तानी पिपल्स पार्टी ९पिपिपि० सह–अध्यक्षले सरकार विरोधि अभियानका प्रमुख अभियन्ता तथा धार्मिक नेता ताहिर अल काद्रीलाई लिएर अघि बढ्ने कसरतमा जुटेका छन् । यो गठबन्धन बन्न सकेमा आगामी विर्वाचन परिणामलाई शरीफको दलले नेतृत्व गरेको गठबन्धनबाट फुत्क्याउन सम्भव हुने राजनीतिक विश्लेषक बताउछन् । पञ्जाबमा बलियो देखिएको शरीफको दललाई तीन दलीय गठबन्धनले प्रभावित पार्नेछ ।

यस पहिले यूनाइटेड काउन्सिल अफ एक्सन गठबन्धनमा रहेका कट्टरपन्थी इश्लामिक दलहरू जमियात युलेमा–ए– इश्लाम, जमात–ए–इश्लामी, युलेमा–ए–पाकिस्तानले पनि पूरानो गठबन्धनलाई तोडेर अघिबढ्ने बताएका छन् यद्यपि नयाँ गठबन्धनका लागि भने काम भइरहेको बताइएको छ । सन् २००२ मा छिमेकी मुलक अफगानिस्तानमा अमेरिकाले गरेको सैन्य कारबाहीको विरोध गर्ने उक्त समूहले ख्याबर पाकथुन्ख्वा प्रान्तमा दर्जनौ सिट ल्याउन सफल भएको थियो । तर समयसँगै उक्तस्थानमा स्थानीय सत्ताधारी दल पिटिआईले कट्टरपन्थी इश्लामिक दलहरूको गठबन्धनलाई चुनौति दिने देखिएको छ । किनकि पछिल्लो समय यहाँका युवा तथा प्रगतिशिल मतदाता पिटिआईप्रति आकर्षित देखिएका छन् ।

प्रतिपक्षी दलका विधायकहरूले निर्वाचनको मिति समयमै तोकिएको र अहिलेसम्म कुनै सरकारी हस्तक्षेपको चुनौति नदेखिएकोले निर्वाचनमा आफ्नो राम्रो मत आउने विश्वास गरेका छन् । पिपिपिका वरिष्ठ नेता साजिया मारीले सिन्ह्वा न्युज एजेन्सीसँगको कुराकानीमा भन्नुभयो, “निर्वाचन समयमै हुनुपर्छ र यो समय दलहरूले प्रजातान्त्रिक व्यवस्थालाई मजबुत पार्न दिलो ज्यानले लाग्नुपर्ने समय हो ।” उहाँले सेना प्रमुखको प्रजातन्त्रका लागि आएका प्रतिवद्धताले प्रजातन्त्र र व्यवस्थालाई थप मनबुत पार्ने पिटिआई पार्टीका शिवली फारेजले बताउनुभयो ।

प्रधानमन्त्रीले निर्वाचनको घोषणा गरे लगत्तै सबै दलले आफ्ना नेता कार्यकर्तालाई निर्वाचन तयारीमा लाग्न निर्देशन दिएका छन् भने अधिकांश नेताहरू अहिले आफ्नो निर्वाचन केन्द्रतिर गएका छन् ।

 

  • 44Read This News:
  • 438977Total reads:
  • 250912Total visitors: