सप्तरीमा डिएपी मल अभाव

सप्तरी, १७ कात्तिक २०७४ । सप्तरीमा गहुँ खेतीका लागि डिएपी मलको अभाव भएको छ ।

मलको अभावका कारण जिल्लाका किसानलाई गहुँ खेती गर्न समस्या भएको छ । कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङको गोदाममा उक्त मल मौज्दात नभएपछि वितरण गर्न नसकिएको कर्मचारीले बताएका छन् ।

साल्ट ट्रेडिङ शाखा कार्यालय सप्तरीमा डिएपी मलबाहेक युरिया र पोटास मौज्दात रहेको त्यहाँका प्रमुख ब्रह्मदेव ठाकुरले बताउनुभयो । “हामीकहाँ गहुँको बीउ उपलब्ध छ, तर डिएपी मल मौज्दात छैन,” उहाँले भन्नुभयो ।

जिल्लामा २५ हजार हेक्टर जमिनमा गहुँ खेती हुने गरेकामा प्रतिहेक्टर ९० किलो डिएपी मल आवश्यक पर्ने कृषि विकास कार्यालयका प्रमुख भागीरथ यादवले बताउनुभयो । अहिले २ हजार २५० मेट्रिक टन डिएपी मल आवश्यक छ । गहुँको बीउमा सरकारीस्तरबाट अनुदानको व्यवस्था रहेको छ ।

“कृषि विकास मन्त्रालयले रु ४२ लाख अनुदान रकम आएको छ,” उहाँले भन्नुभयो । जिल्लामा २५ हजार हेक्टर जमिनमा वार्षिक ५० हजार मेट्रिक टन गहुँ उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।

 

  • 28Read This News:
  • 459618Total reads:
  • 269124Total visitors: