तिहार नजिकिदै गर्दा माटोको पालाको मूल्य र माग बढ्यो, उत्पादन घट्यो

ltxf/sf nflu kfnf eQmk'/ gu/kflnsf kf]6/L :Sjfo/ af]nf5]df ltxf/sf nflu kfnf agfpFb} k|hfklt o'jf . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;

ltxf/sf nflu kfnf  eQmk'/ gu/kflnsf kf]6/L :Sjfo/ af]nf5]df ltxf/sf nflu kfnf agfpFb} k|hfklt o'jf . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;

भक्तपुर, ९ कात्तिक २०७३ । दोस्रो महान् चाड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर भ्याइनभ्याई छ ।
मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचोलगायतका क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याई भएको हो ।

माटोको अभाव हुने, तिहारमा मात्रै पाला, धुपौरालगायतको माग बढ्ने र अरु बेलामा माटोको भाँडाको माग कम हुनथालेपछि यो पेसामा सम्लग्न कुमाले विस्थापित हुँदै गएकाले उत्पादनमा समेत कमी आएकोे छ ।
यसवर्ष पाला बनाउने प्रजापतिको सङ्ख्या घटेपछि पेसा अङ्गाल्दै आएकाहरुलाई भने पाला बनाउन भ्याइनभ्याई भएको हो ।
तिहार नजिकिँदै गएको र मागअनुसारको पाला, धपौरो दही राख्ने ठेकी बनाउन पनि भ्याइनभ्याई भएको भक्तपुर नगरपालिका–१२ पोटरीस्क्वायरका राजेश प्रजापतिले बताउनुभयो ।

गतवर्ष ६० हजार पाला बिक्री गरेको बताउँदै उहाँले भन्नुभयो – “धेरै जना यो पेसाबाट विस्थापित भएका छन्, पालाको माग बढेको छ, तर उत्पादन कम छ, मेरो ६ जनाको परिवार अहिले बिहानदेखि बेलुकासम्म खटेको छ ।”

पाला बनाउँदै आएका न्हुछेकुमार प्रजापतिले परिवारमा ९ जना भए पनि अन्य पेसामा लागेकाले आफू एक्लैले यो पेसालाई निरन्तरता दिएको बताउनुभयो ।

पालाको माग बढे पनि माटोको अभाव र काम गर्ने मान्छे नहुँदा मागअनुसारको उत्पादन हुन नसकेको बताउँदै उहाँले यसवर्ष माग र मूल्य दुवै बढेको बताउनुभयो ।

ltxf/sf nflu kfnf  eQmk'/ gu/kflnsf kf]6/L :Sjfo/ af]nf5]df ltxf/sf nflu kfnf agfpFb} k|hfklt o'jf . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;विगत ४० वर्षदेखि माटोका भाँडा बनाउँदै आएका बुद्धिराम प्रजापतिले यो पेसाबाट वर्षभरि गुजारा चलाउन नसक्ने र माटो पनि नजिक नपाइएपछि टाढाबाट किनेर ल्याउनुपरेकाले यो व्यवसाय नै सङ्कटमा परेको बताउनुहुन्छ ।

तिहारका लागि माटोको पाला बनाएर बिक्री गर्दै आएका स्थानीयवासी सुजन प्रजापतिले भूकम्पले पनि यो पेसालाई विस्थापित गरेको बताउनुभयो ।

भक्तपुरमा यसवर्ष होलसेलमा एउटा पालाको १ रुपैयाँ ५० पैसा र खुद्रा मूल्य रु २ मा बिक्री भइरहेको बताउनुभयो ।

गतवर्षको तिहारमा एउटा पालाको ७५ पैसादेखि १ रुपैयाँसम्ममा बिक्री गरे पनि यसवर्ष भने यसको मूल्य बढेको उनीहरु बताउँछन् ।

भक्तपुर र थिमिमा उत्पादन भएको पाला, काठमाडौँ, पोखरा, नुवाकोट, नेपालगन्ज, भैरहवा, काभ्रे, जिरी, दोलखालगायतका जिल्लामा खपत हुने गरेको छ ।

 

  • 78Read This News:
  • 458556Total reads:
  • 268127Total visitors: