यमनी राजधानीमा राष्ट्रसङ्घ दूतविरुद्ध प्रदर्शन

यमन, १० कात्तिक २०७३ । यमनका विद्रोहीद्वारा अधिनस्थ राजधानी सानामा मङ्गलबार सयौँ यमनी नागरिकले यमनको द्वन्द्व समाधान प्रक्रियालाई संयुक्त राष्ट्रसङ्घले जटिल बनाएको भन्दै यमनका लागि राष्ट्रसङ्घीय दूत वल्ड शेख अहमद विरुद्ध प्रदर्शन गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

राष्ट्रसङ्घ प्रतिनिधि अहमद बसेको होटल बाहिर जम्मा भएका यमनी नागरिकले उहाँविरुद्ध प्रदर्शन गरेका बताइएको छ ।

राष्ट्रसङ्घका प्रतिनिधि अहमदले यमनमा द्वन्द्वरत पक्षलाई यमनमा विगत १९ महिनादेखि जारी युद्धबिरामलाई अन्त्य गर्न युद्धबिराम गरी स्थायी शान्तिका लागि पहल गर्न साना पुगेका बेला राष्ट्रसङ्घको भूमिका जटिल हुँदा यमनी द्वन्द्व अन्त्य प्रयासले सार्थकता पाउन नसकेको उनीहरुको दाबी छ ।

प्रदर्शनकारीले राष्ट्रसङ्घ प्रतिनिधि अहमदलाई अलसाउद समूहप्रति अनावश्यक सहानुभुति देखाउन खोजेको भन्दै यमनबाट फर्किन प्रदर्शनका क्रममा आग्रह गरेका थिए ।

यमनमा विगत डेढवर्षदेखि चलेको द्वन्द्वका क्रममा कम्तिमा ६ हजार ९ सय मानिस मारिएका छन् भने करिब ३० लाख मानिस विस्थापित भएका छन् ।

 

  • 65Read This News:
  • 501861Total reads:
  • 305398Total visitors: