पाकिस्तानमा नयाँ प्रधानमन्त्रीको चयन मंगलवारहुने, सरिफका भाइ प्रधानमन्त्रीको उम्मेदवार वन्ने

पाकिस्तान, १५ साउन २०७४ । पाकिस्तानको संसद्मा आउदो मङ्गलबार नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुने भएको छ ।

पाकिस्तानी सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशङ्का गर्दै पद त्याग्न आदेश गरेपछि उहाँले राजीनामा दिनु भएकाले नयाँ प्रधानमन्त्री चयन गर्न लागिएको हो ।

सत्तारुढ दलले पूर्वप्रधानमन्त्री सरिफकै भाई सब्बाजलाई सरिफको स्थानमा पहिला सांसदमा मनोनित गरी मङ्गलबार प्रधानमन्त्रीको लागि उम्मेदवार बनाइने छ ।

अन्तरिमकालका लागि पाकिस्तान मुस्लीम लिग ९नवाज०का सांसद तथा पूर्व तेल मन्त्री सहिद खाक्वान अब्बासीलाई अन्तरिम प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको छ ।

अदालतले भ्रष्टाचारसम्बन्धी अभियोगमा अनुसन्धान गर्दा दोषी ठहर गरेर शुक्रबार सरिफको पदमुक्तिको फैसला गरेको थियो । यो फैसलासँगै उहाँको तेस्रो कार्यकाल सकिएको छ ।

संसद्मा स्थानीय समय अनुसार सोमबार दिउसो २ः०० बजे उम्मेदबारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

त्यसपछि मङ्गलबार दिउसो ३ः०० बजे प्रधानमन्त्रीको निर्वाचन हुने पनि सचिवालयले जनाएको छ ।

मुलुकको सबैभन्दा धेरै जनसङ्ख्या भएको पञ्जाव प्रान्तको मुख्यमन्त्री रहनुभएका भाई सरिफ प्रधानमन्त्री निर्वाचित हुनुहुने निश्चितजस्तै छ ।

 

  • 42Read This News:
  • 459709Total reads:
  • 269210Total visitors: