कालीकोटको रास्कोट नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकबाट शाखारहित बैंकिङ सेवा

कालीकोट, १५ साउन २०७४। जिल्लाको रास्कोट नगरपालिकामा राष्ट्रिय वाणिज्य बैँकले शाखारहित बैँकिङ सेवा सञ्चालन गरेको छ ।

ग्रामीण क्षेत्रमा रहेको रास्कोट नगरपालिकाको आरसिपी बजारमा विगत लामो समयदेखि आइएमई रेमिट कारोबार गर्दै आएको हिमचुली कृषि सहकारी संस्थाले आजदेखि राष्ट्रिय वाणिज्य बैँकको शाखारहित बैकिङ सेवा सञ्चालन भएको घोषणा संस्थाका अध्यक्ष तथा रास्कोट नगरपालिकका प्रमुख काशिचन्द बरालले गर्नुभयो ।

सक्षम नेपालको सहयोगमा आरसिपी बजारमा सुचारु भएको सेवामा आजदेखि रास्कोट क्षेत्रका समुदायमा बैँकको पहुँच पुगेको महसुस भएको छ । अबदेखि यहाँका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तादेखि अन्य रकम पठाउन र पाउन सहज हुने भएको छ ।

यो सेवा रास्कोटवासीका लागि ठूलो अवसरको रुपमा आएको बताउँदै नगरप्रमुख काशिचन्द्र बरालले क्रमश नगरपालिकामा थप वित्तीय सेवा सुविधा विस्तार गर्ने बताउनुभयो ।

शाखारहित बैँकिङ सेवाको भने औपचारिक शुभारम्भ भने केही समयपछि हुने हिमचुली कृषि सहकारी संस्थाका प्रमुख जयचन्द्र अधिकारीले दिनुभयो । उहाँका अनुसार सेवाग्राहीका खाता तथा अन्य प्रक्रिया सम्पन्न गर्नुपर्ने भएकाले सो प्रक्रियाबाट एक सयभन्दा बढीको खाता सुचारु भएपछि औपचारिकता दिइने छ ।

कालीकोटमा यसअघि ग्लोबल आइएमइले खाँडाचक्र नगरपालिकोको भर्ता बजारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको थियो । हाल जिल्लामा चारवटा निजी बैँक , एक सरकारी बैँंक र तीनवटा लघुवित्त सम्बन्धी काम गर्ने वित्तीय संस्था स्थापना भएका छन् । अहिले दुर्गम ग्रामीण इलाकामा हिमचुली कृषि सहकारी संस्था र साना किसान माइक्रोफाइनान्स संस्थाले मात्र वित्तीय सेवा शुरु गरेका हुन् ।

 

  • 40Read This News:
  • 512717Total reads:
  • 315908Total visitors: