नेपाल भ्रमण गर्ने बङ्गलादेशका राष्ट्रपतिको चाहना

बङ्गलादेशका लागि नेपालका राजदुत प्रा.डा.चोपलाल भुसालले बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद समक्ष ओहदाको प्रमाणपत्र बुझाउनु हुँदै ।

काठमाडौँ, ४ साउन २०७४। बङ्गलादेशका लागि नेपाली राजदुत प्रा. डा. चोपलाल भुसालले त्यहाँका राष्ट्रपति अब्दुल हमिद समक्ष मंगलवार ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ ।

बङ्गलाबन्धु भवनमा एक समारोहबीच उहाँले ओहोदाको प्रमाणपत्र बुझाउनुभएको बङ्गालादेशस्थित नेपाली दूतावासले जनाएको छ । समारोहमा दुवै देशको राष्ट्रिय गान बजाइएको थियो ।

सो अवसरमा राष्ट्रपतिसँगको भेटमा राजदूत भुसालले नेपाल–बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहनलगायत विषयमा छलफल गर्नुभएको थियो ।

भेटमा बङ्गलादेशका राष्ट्रपति हमिदले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने राजदूत भुसाललसँग इच्छा व्यक्त गर्नुभएको थियो ।

 

  • 38Read This News:
  • 485815Total reads:
  • 290613Total visitors: