टर्कीका राष्ट्रपति एर्डोगान गल्फ राष्ट्रको भ्रमणमा

टर्की, ४ साउन २०७४ । टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानकले यसै महिनामा गल्फ राष्ट्रहरुको भ्रमण गर्नुहुने भएको छ ।

उहाँको यो भ्रमण कतार र साउदी अरेबियाको हुनेछ । टर्कीस् विदेश मन्त्रालयले म्गलबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ ।

पछिल्लो समयमा कतार गम्भीर कुटनीतिक संकटमा परेको छ । त्यसैले उहाँको यो भ्रमण त्यसतर्फ केन्द्रित हुने भएको उहाँको कार्यालयले जनाएको छ ।

आगामी जुलाई २३ देखि २५ सम्म हुन लागेको उहाँको भ्रमण कतारमा जारी कुटनीतिक संकट समाधानमा प्रमुख मध्यस्तकर्ताका रुपमा हुनेछ ।

कतारमाथि उसका छिमेकी गल्फ देशले कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी नै लगाएका छन् । उक्त समस्याको समाधान निस्किने अवस्था अझै बनेको छैन ।

 

  • 36Read This News:
  • 485786Total reads:
  • 290599Total visitors: