काठमाडौँ, ३० असार २०७४। विगत केही दिनदेखि उकालो लाग्दै आएको धितोपत्र बजार विहिवार भने ओरालो लागेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार विहिवार बजार करिब ५ अङ्कले ओरालो लागेर १ हजार ५८२ बिन्दुमा आइपुगेको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.८८ बिन्दुले घटेको छ ।
कुल १५० कम्पनीको २० लाख ४० हजार ७२८ कित्ता शेयर रु ७४ करोड ६४ लाख ७७ हजार १ मूल्यमा कारोबार भएको हो । स्टकका अनुसार अरु सबै समूहको शेयर कारोबारमा कमी आएको छ ।
अन्य समूह ११.८६ बिन्दुले उकालो लाग्दा बैंकिङ ४.७३, होटल ३४.३२, विकास बैंक ५.९७, जलविद्युत् ६.४२, फाइनान्स ७.०१, बिमा ५३.६७ र उत्पादन समूह ३४.४१ बिन्दुले घटेको छ ।


