आजदेखी २ दिने अष्ट्रेलियाली शैक्षिक मेला शुरु

काठमाडौँ, ३० असार २०७४। अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीका लागि यही असार ३० र ३१ गते पहिलो पटक ‘अष्टे«लियाली शैक्षिक मेला २०७४’ हुदैछ ।

अष्ट्रेलिया पढ्न जाने विद्यार्थी र पठाउन चाहने अभिभावकलाई लक्ष्य गरी मेलाको आयोजना गरिएको अष्टे«लिया एजुकेशन कन्सलट्यान्टस एलायन्सले जानकारी दिएको छ । परिवर्तन भइरहने अष्ट्रेलियाको ऐन, नियम कानुन र शिक्षा प्रणालीका बारेमा मेलामा जानकरी दिइने एलायन्सका अध्यक्ष नीरज श्रेष्ठले बताउनुभयो ।

मेलामा नेपाल तथा अष्ट्रेलियाका २० भन्दा बढी परामर्शदाता सहभागी हुने बताइएको छ । श्रेष्ठले पछिल्लो समय अष्ट्रेलिया शैक्षिक व्यापारमा होमिएको बताउँदै भन्नुभयो,“ आगामी १० वर्षभित्र १० लाख विद्यार्थी भित्र्याउने अष्ट्रेलियाको उद्देश्य छ, अन्य देशको तुलनामा नेपाली विद्यार्थीलाई अष्ट्रेलिया जान अप्ठ्यारो छ, त्यसका बारेमा हामी यो मेलामा जानकारी गराउनेछौँ ।”

 

  • 20Read This News:
  • 511995Total reads:
  • 315198Total visitors: